कटहरियामा धन लक्ष्मी प्राथमिक विद्यालयको भयो शिलान्यास

साझेदारी दैनिक
501 पाठक संख्या

रौतहट :करण कुमार मिश्र / रौतहटको कटहरिया नगरपालिका–५ कटहरियामा एक दुई कोठे प्राथमिक विद्यालयको बिहीबार शिलान्यास गरिएको छ।

यहाँस्थित धन लक्ष्मी प्राथमिक विद्यालयको दुई कोठे पक्की भवन निर्माणका लागि कटहरिया नगर प्रमुख अजय प्रकाश र धन लक्ष्मी प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ प्रसाद कलवारले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखको लागतमा शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुरसाह लहेरा,प्रधानाध्यापक राकेशकुमार साह,शिक्षिका पुनम देवी,शोभा देवी,कार्यपालिका सदस्य नागेन्द्र यादव,विद्यालय व्यवस्थापन समितिका सदस्य राजु साह कानु,जनप्रतिनिधि लगायत भद्रभलादमीहरुको उपस्थिति रहेकोे थियो।

Leave a review