वित्तिय व्यवस्थापन र सरल जीवनयापनः

साझेदारी दैनिक
940 पाठक संख्या

बित्त:
रुपैयाँ , पैसा, धन , सम्पती जाय जेथा सबै बित्त हो। जसको निम्ति आजको समाज दिन रात ज्यानको बाजि थापेर मेहेनत गरिरहेको छ। जसमा कैयौ सफल छन त कैयौ असफल, तसर्थ आम्दानिको स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण, वित्तीय साक्षर व्यक्तिले आफ्नो आय वृद्धि गर्न, आफ्नो काम तथा व्यवसायको प्रवद्र्धन कसरी गर्ने, कति आम्दानी गर्न सकिन्छ भन्ने सम्बन्धमा सही निर्णय लिन सक्नु पर्छ। र बित्तको अधिक भन्दा अधिक सहि सदुपयोग गर्न सकियो भने ब्यक्तिले गरिबिको भुमरीमा फस्नु पर्दैन।

आय स्रोत:
आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गर्नुपर्छ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्नुपर्छ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।

बचत:
वित्तीय साक्षरताको मुख्य प्रयोजन बचत हो । नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल व्यक्ति हो । विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्नुपर्छ । बैङ्क तथा बित्तिय संस्थामा खाता खोलेर बचत राख्नुपर्छ । साथै, लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नुअगाडि विस्तृत छलफल गरेर निर्णय लिनुपर्छ । अवकाशपछिको समय तथा बच्चाको शिक्षा र अन्य खर्चका लागि पनि बचत गर्नुपर्छ । खासमा भन्नू पर्दा बचत गरेर नै धनी बन्ने हो। आजको बचत नै सुन्दर भविष्यको परिकल्पना पनि हो।

कारोबारको लेखाः
कमाउनु जत्तिकै जोगाउनु तथा सुरक्षा गर्नु पनि महत्वपूर्ण छ। त्यसैले कहाँबाट कति आयो ? र त्यो आयमा कति लागत हुदा कति नाफा भयो वा घाटा भयो साथै अवको दिनमा थप आम्दानीको लागि कसो गर्दा अझ बढी प्रतिफल पाउन सकिन्छ भन्ने रणनीति तयार गर्न आय ब्यायको लेखा राख्नु सबै भन्दा महत्त्वपूर्ण कुरा हो। साथै प्राप्त आयको सुरक्षा कसरी गर्ने ,कहाँ राख्दा सुरक्षा पनि हुने आम्दानी पनि हुने भनेर दोहोरो सुबिधाको खोजी गर्नु पर्छ।

वित्तीय सुरक्षाः
जबसम्म कमाएको सम्पत्तिको सुरक्षाका बारेमा मानिसहरू सचेत हुँदैनन्, तबसम्म स्थायी आर्थिक उन्नति हुन सक्दैन । विपन्न परिवारले विभिन्न बैक तथा बित्तिय संस्थामार्फत कर्जा लिएर भैंसी वा गाईपालन वा अन्य कुनै पनि सानो पुजिले हुने ब्यावसाय गरेर परिवार चलाइरहेका हुन्छन् । अकस्मात् गाई तथा भैंसीको मृत्य अथवा अनुत्पादक भएमा निकै ठूलो वित्तीय सङ्कट आइपर्छ । त्यसैले पशुधन र व्यवसायको बीमाका साथै कमाउने व्यक्तिको जीवनबीमा अनिवार्य गरिनुपर्छ । यस्तै गरी हरेक कारोबारको लेखा राख्ने, बिलभरपाई लिनेदिने र जालसाजी तथा ठगीबाट सुरक्षित हुने कुरा पनि हामिले बुझ्न जरुरी छ।

खर्चका लागि पूर्वयोजनाः
हामिले आफुसङ्ग भएको बित्तिय स्रोतलाई खर्च गरिरहदा त्यसबाट प्रत्येक्ष वा अप्रत्यक्ष प्रतिफल आउदैन भने तेस्ता खर्च कटौती गर्नु पर्छ। बित्तीय खर्चको पुर्वयोजना बनाएर मात्र खर्च गर्नु पर्छ। यसको तात्पर्य ब्यक्तिगत ,पारिवारिक वा अन्य जे सुकैको होस त्यसको अनुमानित बजेट तयार गरि सोही अनुरुप खर्च गर्ने र बित्तीय ब्यावस्थापन गर्नु पर्छ। फजुल खर्च घटाउने, आवस्यकता अनुरुप अनिवार्य खर्चहरु गरिरहदा बचतलाइ पहिलो प्राथमिकतामा राख्नु पर्छ ।( आम्दानी – बचत =खर्च )को सिद्धान्तलाई आत्मसात गर्नु पर्छ।

वित्तीय साक्षरताको महत्व:
आर्थिक तथा वित्तीय क्षमतामा सुधार ल्याएर निपूर्णता र सबलताका साथ आर्थिक तथा वित्तीय निर्णय लिन सक्ने बनाउनका लागि वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ ।

ऋण शिक्षा:
व्यवसाय सञ्चालन तथा अन्य आवश्यकताका लागि बजारमा केकस्ता ऋण सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ, केकति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ, आदि सूचना राम्ररी थाहा पाउनु नै ऋण शिक्षा हो ।
वित्तीय संस्थाको उद्देश्य
संस्थामा आबद्ध ब्यक्तिको आवश्यकता र अवस्था सुहाउँदो उत्तम वित्तीय सेवाको छनोट गर्नु, निर्णय गर्नु तथा उद्यमशीलता वृद्धि गरी आम्दानी बढाउनु र ब्यक्तिको जिवनस्तर उकास्नु वित्तीय संस्थाको उद्देश्य हो ।
–उमेश सापकोटा
कोल्हबी न.पा–८ नयाँबस्ती बारा
तामागढी साकोस बारा, खोपवा सेवा केन्द्र् प्रमुख

Leave a review

This will close in 0 seconds