बारामा रास्वपाको अफलाइन सदस्यता ठेली दुरुपयोग : ३ दिनभित्र बुझाउन अल्टिमेटम

साझेदारी डेलि
67 पाठक संख्या

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला समितिले पार्टीको अफलाइन सदस्यता ठेलीहरू अनधिकृत रूपमा प्रयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

जिल्ला उपसभापति श्रीभगवान महतोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जिल्लाभर वितरण गरिएका सदस्यता ठेलीहरू विभिन्न अनावश्यक स्थानमा तथा अनाधिकृत व्यक्तिहरूद्वारा प्रयोग भइरहेको पाइएको हो।

पार्टीले सम्बन्धित सबै पक्षलाई २४ घण्टाभित्र हालसम्म वितरण भएका सदस्यता ठेलीहरूको आधिकारिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, ती ठेलीहरू ३ दिनभित्र सम्बन्धित निकायमा अनिवार्य रूपमा बुझाउनुपर्ने छ।

निर्धारित समयसीमाभित्र विवरण तथा ठेली बुझाउन असफल भएमा सबै सदस्यता ठेली स्वतः रद्द गरिने कडा चेतावनीसमेत दिइएको छ।

Leave a review

This will close in 0 seconds