प्रिन्ट भएको लाइसेन्स अझै नआएको भन्दै यातायात कार्यालय कलैयाको सूचना

साझेदारी डेलि
84 पाठक संख्या

बारा । यातायात व्यवस्था कार्यालय, कलैया, बाराले सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड लाइसेन्स) को मौज्दात र वितरणको विषयलाई लिएर सूचना जारी गरेको छ।

कार्यालयका अनुसार अनलाइन वा अन्य माध्यमबाट चेक गर्दा लाइसेन्स ‘प्रिन्ट’ भइसकेको देखिए तापनि ती कार्डहरू हालसम्म भौतिक रूपमा कार्यालयमा प्राप्त भइसकेका छैनन्।

विभिन्न माध्यमबाट आफ्नो लाइसेन्स प्रिन्ट भएको जानकारी पाएर सेवाग्राहीहरू कार्यालयमा धाउने क्रम बढेपछि कार्यालयले स्पष्टीकरण दिएको हो।

विभागबाट कार्डहरू कार्यालयमा ढुवानी भई नसकेकाले सेवाग्राहीले कार्यालय आउनुअघि आफ्नो कार्ड उपलब्ध भए नभएको निश्चित गर्न कार्यालयले अनुरोध गरेको छ।

कार्यालयले सेवाग्राहीको सहजताका लागि आधिकारिक फेसबुक पेज “Yatayat karyalya kalaiya” मार्फत नियमित अपडेट दिने जनाएको छ। सेवाग्राहीलाई अनावश्यक सास्ती नहोस् भन्नका लागि उक्त फेसबुक पेजमा उपलब्ध गराइएको नामावली वा विवरण चेक गरेर मात्र कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख छ।

Leave a review

This will close in 0 seconds