बन्दाबन्दीसँगै वन तस्करको संख्या बढ्दै

साझेदारी दैनिक
686 पाठक संख्या

कोभिड–१९ कोरोना भाईरस विरुद्ध मुलुक बन्दाबन्दीमै छ । सम्पूर्ण सरकारी कार्यालयहरु बन्द छ । यही बेला भने तस्करहरु वन भित्र पसी सालको गोलिया चोर्नेको संख्या बढ्दै छ , भने दिनानुदिन वन फडानीमा तिब्रता आईरहेको समाचार बाहिर आईरहेका छन ।

नेपालमा वन सम्बन्धि ऐन कानुन अनुसार वनलाई राष्ट्रिय वन , सामुदायिक वन , साझेदारी वन समुह र आरक्ष क्षेत्रलाई समेटेर नेपाली सेना तैनाथ गरी वनलाई कोर जोन र वफर जोन गरी वनलाई संरक्षण गर्ने भन्दै वन संरक्षणमा विभिन्न किसिमका कार्य विन्यास गरे पनि हाल सम्म नेपाली सेनाको संरक्षणमा रहेको कोर एरिया भित्रकामा वन फडानी हुनवाट जोगिएपनि अरु क्षेत्रमा वन संरक्षणमा खासै उपलब्धी हुन सकेको छैन ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार वारा जिल्लामा मात्रै चैत्र ११ गते देखी यता वारा जिल्लाको विभिन्न स्थानवाट १५ जना भन्दा वढी ब्यक्तिहरु सालको गोलिया सहित पक्राउ परेका र ३०० क्यूफिट भन्दा वढी गोलिया बरामद गरिसकेको बारा डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउछ ।

बारा जिल्लामा स्थापित साझेदारी वन ब्यवस्थापन समितिहरुमा वन संरक्षण गर्ने भनि ब्यवस्थापनकै आन्तरिक ब्यवस्थापकिय जिम्मेवारीमा वन हेरालु कर्मचारीहरु वनरक्षक कर्मचारी राखिएको भए पनि लक डाउनका कारण गाँउका मान्छेहरु फुर्सतिलो हुदा हुलका हुल वन भित्र पसी घास दाउरा आलावा सालको साना साना लाथ्रा काट्दा वन मासिएको डिभिजन वन कार्यालयको तर्क छ ।

यता वन क्षेत्र आसपासका नागरिक भने वन रक्षकहरु पहिले जस्तो वनमा नदेखिएको हुदा वन तस्करहरु बढेको बताउछन । लकडाउनका कारण वन सुरक्षा कर्मचारी अहिले देखिदैनन् त्यसैले पनि तस्करको मनोबल बढेको हुनसक्ने भनाई रहेको छ ।

जे होस यो अवस्थामा वन रक्षक र ब्यवस्थापनको जिम्मेवारी पाएको साझेदारी र सामुदायिक वन समुहका अग्रजहरुले कडाईका साथ आफ्ना कर्मचारी परिचालन गरी वनको वचाउ र रक्षा गर्नमा नै जोड दिन जरुरी छ ।

Leave a review

This will close in 0 seconds