कुटनैतिक तरलतासंगै सिमामा तस्कर समूह सकृय

साझेदारी दैनिक
864 पाठक संख्या

कोरोना महामारीसंगै यसलाई रोकथाम,नियन्त्रण र उपचारको लागि सरकारले गत चैत्र ११ गते यता चालू राखेको बन्दाबन्दी अर्थात लकडाउन कायमै रहदा छिमेकी दुई देशबिचको सिमा नाका पुर्ण रुपमा बन्द गराएसंगै बिशेष गरि दक्षिणी छिमेकी देश भारतबाट हुने तस्करी पुर्ण रुपमा बन्द भएको थियो। यस बिचमा दुई देशबिचको सिमानाका पुर्ण रुपमा बन्द हुदा दुई देशको नाकामा बसि तस्करी गर्ने गिरोह सुस्थाएका पनि थिए तर सरकारले असार १ गते यता बन्दा बन्दी खुकुलो बनाएसंगै सिमा आसपासमा रहि तस्करी गर्ने तस्कर समुहहरु फेरि सकृय भएका छन।

बिहिबार मात्रै बारा जिल्लाको मटिअर्वा नाकाहुदै भारतबाट अबैध रुपमा राजस्व छली गरि भित्र्याउदै गरेको २५ किलो चादी कलैया उपमाहानगरपलिकाको वार्ड नम्बर ७ को सितलपुरबाट तस्कर समुहका दुई जना सहित तस्करिमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरि सार्वजनिक समेत ग¥यो ।सिमानाकाबाट हामिकाहा अबैध तरिकाले भित्रिने बस्तुहरुमा लत्ताकपडा,खानेतेल,मसला,अनि इलोक्ट्रोनिक्स र गाडिका पाटपुर्जा वढिमात्रामा देखिएको छ।यो संग संगै अन्तर्राष्ट्रिय रुपमै प्रतिबन्धित बिषाधिहरु र लाघु औषध समेत तस्करहरुले अबैध तरिकाले नेपाल भारत सिमावाट नेपाल भित्र्याउने गरेको समाचार पटक पटक विभिन्न समाचार माध्यममा आइरहेको पनि छ।

नेपाल भारत बिचको नक्साको प्रकासित राजनैतिक बिवादका कारण अहिले दुबै देशबिच केही कुटनैतिक बार्ता र भेटघाट बन्दरहेको यो तरल अवस्थामा धमिलो पानीमा माछा मार्ने जो कोहि पनि सकृय हुने हुदा यसमा झनै दुबै देशका तस्करहरूलाई आफ्नो अबैध धन्दा चलाउन अनुकूल मौका आएको जस्तो देखिन्छ।यस्तो अवस्थामा हाम्रो मुलुकका सुरक्षाकर्मिले सिमा नाकामा विशेष कडाइ गरि सुरक्षाको व्यवस्था गर्नु मै बुद्दिमत्ता हुने छ।होइन भने तस्करहरु अझै मौलाउदै जाने र अबैध हतियार समेत नेपाल भित्रिने सम्भावना देखिन्छ।अतस् सुरक्षाकर्मी थप चनाखो हुन जरुरी छ।

Leave a review

This will close in 0 seconds