थारु माघी महोत्सवमा दुई जना थारु कलाकारको प्रस्तुति रहने

साझेदारी दैनिक
561 पाठक संख्या

धिरेन्द्र पनुहर
थारु कल्याणकारीणी जिल्ला कार्य समिति बारा र गाउँ इकाई कमिटी कोल्हबिको संयुत्त आयोजनामा हुने थारु माघि महोत्सव २०७९ मा दुई जना थारु कलाकार आउने भएका छन ।
माघ १ गतेदेखी बाराको कोल्हवीमा हुने महोत्सवमा २ गते थारु गायिका अन्जु कुश्मि थारु र माघ ३ गते थारु मोडेल ममता चौधरीले आफ्नो प्रस्तुति गर्ने छन। महोत्सवलाई ब्यस्थित बनाउन विभिन्न किसिमको समितिहरु पनि गठन गरिएको छ ।
समिति अन्तरगत आर्थिक समितिको संयोजक खुशि चौधरी, प्रचार प्रसार समितिको संयोजक रामनाथ चौधरी, मन्च ब्यस्थापन समिति संयोजक जयप्रकाश चौधरी, खाना तथा आवास ब्यस्थापन समिति संयोजक सुरेन्द्र चौधरी ,अतिथि सत्कार समिति संयोजक रामबाबु चौधरी, स्यमसेवक समिति संयोजक राजकुमार चौधरी, सांस्कृतिक कार्यक्रम ब्यस्थापन समिति संयोजक भुवन चौधरी लगायतका रहेका गाउ एकाई समिति कोल्हबीका सभापति रामबाबु चौधरीले बताएका छन ।

Leave a review

This will close in 0 seconds