मुलुकमा उपराष्ट्रपतिको काम कर्तव्य र भुमिका इमान्दारी पूर्ब निर्वाह गर्ने नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले बताएका छन ।
जिल्लाको महागढीमाई नगरपालिकामा बृक्षारोपन कार्यक्रमको सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन । बाराको विश्व प्रसिद्ध गढीमाई मन्दिरको प्राङ्गणमा महागढीमाई नगरपालिकाद्वारा आयोजना गरिएको बृक्षारोपन कार्यक्रमलाई नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवले सम्बोधन गरेका छन ।
उपराष्ट्रपति यादवले दुई वटा बिरुवाको बृक्षारोपन गरेर मुलुकमा उपराष्ट्रपतिको काम कर्तव्य र भुमिका इमनदारी पूर्ब निर्वाह गर्ने बताएका हुन ।आफुले राजनीति गरेको समयमा गरिब बिपन्न दलित वा कुनै पनि जातिमा भेदभाव नगरी इमनदारी पूर्बक जनताको सेवा गरेको कारणले आज उपराष्टपति पति सम्म पुगेको बताए ।
शिक्षक पेशामा रहेको बेला बारा क्षेत्र नम्बर २ हुँदै श्री गढीमाई मंन्दिरको बाटो हुँदै साईकलबाट पन्न्नदेबी विद्यालयमा पढाउन जान्थ्ये राजनीति क्षेत्रमा आबद्ध भएपछि बारा क्षेत्र नं २ का जनताले आफुलाई लगातार दुई पटक निर्वाचित गरेर मुलुकको उपराष्ट्रपति जस्तो गरिमा पद सम्म पुर्याउनु भएको हुनाले यस क्षेत्रका जनता प्रती आफुले अभारी रहेको र यस क्षेत्रका जनताको माया प्रेम स्नेह कहिले नबृसिने उपराष्ट्रपति यादवले बताए ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरलाई पर्यटन क्षेत्रमा घोषण गरेर गढीमाई क्षेत्रको अधिक भन्दा अधिक बिकास गर्ने प्रतिबद्धता गरेका हुन ।
मधेस प्रदेशमा पछिलो समयका मधेस सरकारले कर्मचारी र भवनको अभावमा र आफू सभामुख भएको हुनाले बारा क्षेत्रमा केही बिकास हुन सकेका छैन । यस पाँच बर्षको कार्यकालमा मधेस प्रदेश सरकारले क्रमचारी भर्ना खोलेर मधेस प्रदेशका यूवाहरुलाई रोजगारी दिनेछ । र मधेस प्रदेशबाट भ्रष्टाचार अन्य गर्ने मुख्यमन्त्री यादवले बताए ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा नगरप्रमुख उपेन्द्र यादवले विश्व प्रसिद्ध गढीमाई मंन्दिरमा राष्ट्रपति देखि मन्त्री सम्म आएर गढीमाई मन्दिरलाई पर्यटन क्षेत्र र विश्व सम्पदामा सुचिकृत गराउनको लागि आश्वासन दिएर पनि अहिले सम्म पर्यटन क्षेत्रमा र विश्व सम्पदामा सुचिकृत भएको छैन ।मधेस प्रदेश सरकारले अहिले सम्म एक रुपैयाको बजेट छुटयाएको छैन भने नगरप्रमुखले गुनासो गरेका छन ।
कार्यक्रममा जनता समाज पार्टीक प्रदेश अध्यक्ष एवम पूर्ब प्रतिनिधि सभा सदस्य रामबाबु यादव ,प्रदेश सभा सदस्य बच्चा यादव , सर्दाशंकर साह , उसा देबी , जसपाका नेता रामबाबु यादव , करैयामाई गाउँपालिका अध्यक्ष शम्भु यादव ,श्री गढीमाई मन्दिर संचालन समिति का अध्यक्ष रामचन्द्र साह ,श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार , श्री गढीमाई बहुमुखी क्याम्पसका प्रमुख ध्रबेन्द्र यादव , लगाएत अन्य राजनीति दलका नेता कार्यकार्ता , सर्बसधारण प्रहरी प्रशासनको उपस्तिथि रहेको थियो ।

