कोल्हबीमा लैगिक हिंसा अन्त्य गर्ने सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
421 पाठक संख्या

धिरेन्द्र पनुहर /

बाराको कोल्हबी नगरपालिकाको सभा हलमा CDWN को आयोजनामा बिहिवार लैगिक हिंसा अन्त्य पालिका घोषणा गर्ने मापदण्ड मस्यौदा २०८० सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कोल्हबी नगरपालिकाको वर्तमान अवस्था सवल पक्ष,सुधार गर्नु पर्ने पक्ष ,अवसर र चुनौती ,लै. स . सा. स. को निति दीर्घकालीन सोच,लक्ष्य तथा उदेश्य ,नितिको योजनाको पुनरावलोकन तथा सुधार ,आर्थिक स्रोत ,मानवीय स्रोत ,वाधा अडचन फुकाउ जस्ता बिषय माथि छलफल गरेका थिए।

सो कार्यक्रममा कोल्हबी नगरपालिका नगर प्रमुख रामप्रसाद चौधरी ,उपप्रमुख लक्ष्मी कुमारी चौधरी , वाड नम्बर १ का अध्यक्ष राजहरण चौधरी ,२ का गोपालप्रसाद अधिकारी ,३ का किशुनदयाल चौधरी ,४ का बिष्णु मैनाली ५ का वडा सदस्य खेम अधिकारी ,६ का वडा अध्यक्ष दिनेश चौधरी ,७ का महिला सदस्य सोनामति चौधरी ८ का अध्यक्ष अनुप सुबेदि ,९ का अध्यक्ष दलबहादुर चौधरी १० का कुन्जबिहारी चौधरी, ११ का नन्दकिशोर चौधरी योजना अधिकृत देवनारायण चौधरी ,उपमेयर निजि सचिवालय प्रमुख प्रेमनारायण चौधरी ,महिला शाखा प्रमुख बिमला सुनार, सहकारी प्रमुख लोकनाथ ओलि,सहायक लेखापाल जोशि साह लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण पाल्मो तामाङले गर्नु भएको थियो।

Leave a review

This will close in 0 seconds