रामचरित्र माविका विद्यार्थीहरुको समस्या समाधान

साझेदारी दैनिक
682 पाठक संख्या

 रबिन्द्र प्रसाद साह,
बाराको आदर्श कोतवाल गाउँपालिका स्थित राम चरित्र माविले बिद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै निशुल्क उपलब्ध गराउने पाठ्य पुस्तकको शुल्क लिएको थियो ।

विद्यालयले गैर कानुनि रुपमा शुल्क लिएपछि सर्वत्र विरोध भएको थियो । पुस्तक वितरण गर्ने बेला विद्यालयले प्रति विद्यार्थी रु दुई सय लिईएको थियो ।

शुल्क लिएको विरुद्ध विद्यार्थीहरुले बिरोध गर्दा विद्यालयले सुनुवाई नगरेपछि पुन विद्यार्थीहरुले युवा विध्यार्थी संघर्श समितिले विभिन्न आन्दोलनका कार्यक्रमहरु गरेको थियो ।

सो आन्दोलन पश्चात आदर्श कोतवाल गाउँपालिकाको कार्यालयमा बसेको बैठकले विद्यालयले लिएको शुल्क फिर्ता गर्र्ने र सबै बिद्यार्थीहरुलाई निशुल्क पुस्तक बितरण निर्णय गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीको अध्यक्षतामा अधिकृत तथा शिक्षा शाखाका कर्मचारी, विद्यालयका र युवा विद्यार्थी संघर्ष समितिको अध्यक्ष उमेश कुशवाहा,उपाध्यक्ष शनि गुप्ता र समाजसेबी प्रदिप कुशवाहा लगायतको उपस्थितिमा उक्त निणर्य गरिएको हो ।

Leave a review

This will close in 0 seconds