लाखौंको सामान अनुसन्धान कार्यालय पथलैया बारामा

साझेदारी दैनिक
237 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी पथलैया बाराले लाखौंको सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलिराम श्रेष्ठले एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

पथलैया प्रहरी चौकीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएका प्रहरी टोलीले गाडीहरूलाई रोकी जाँच गर्दा बिल भरपाई भन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६१ लाख ७२ हजार १ सय १९ रूपैयाँ बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिएको हो।

ति सामानलाई आवश्यक कानुनी प्रकृया पुरा गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा प्रहरीले बुझाएको छ ।

बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ७ ख १३१० नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.१० लाख २० हजार चार सय ८२ रूपैयाँ बराबरको धनिया, जिरा, खुर्सानी र बदाम लगायतका अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा लेखिएको छ।

बिराटनगरबाट रूपन्देही तर्फ जादै गरेको प्र ०१–०२–००१ ख ८०७३ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.५१ लाख ५१ हजार छ सय ३७ रूपैयाँ बराबरको साईकलको पार्टपुर्जा, अबिर धनिया,मर्चा,जिराको पाउडर र बिस्कुट लगाएत अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिइएको हो ।

Leave a review