डाबर नेपालद्वारा छातापिपरा मा.वि.लाई डेस्क बेञ्च हस्तान्तरण

रञ्जन यादव
562 पाठक संख्या

रञ्जन यादब/

बाराको रामपुर टोकनीमा रहेको बहुराट्रिय कम्पनी डाबर नेपाललले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको नेरामावि छातापिपरालाई २० थान डेस्क बेञ्च हस्तान्तरण गरेको छ ।

बुधबार विद्यालयमाआयोजित एक कार्यक्रमकाविच डाबर नेपालप्रा.लि.का प्रमुख सञ्चालक किलासराम चौरसीयाले विद्यालयलाई बेञ्च हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आँफूहरु उत्साहितभएको र आगामीदिनमा समेत सहयोग गर्ने प्रतिबद्धता कम्पनीका प्रमूख सञ्चालक चौरसीयाले ब्यक्त गर्नुभयो ।

बेञ्चको अभावमा पठनपाठनमा समस्या भइरहेका बेलाप्राप्त सहयोग विद्यालयकालागि महत्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक पिताम्बरप्रसाद चौधरीले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds