महिला योजनाकारको सुत्र

साझेदारी दैनिक
447 पाठक संख्या

पछिल्लो समय बारामा भएको तीन घटना मध्ये दुई घटनामा महिलालाई योजनाकार मानिएको छ । तेस्रो घटनामा समेत कारक तत्वको रुपमा महिलालाई लिइएको छ ।यस भन्दा पहिला जिल्लामा भएको हत्या तथा सांगठनिक गिरोहहरुमा महिला मुख्य रुपमा रहेको घटनाहरु प्रकाशमा थिएन । बारा प्रहरीको अनुसन्धानमा अपराधमा एक तत्व यौनको रुपमा स्थापित रहेको देखिएको छ । अपराध हुन्छ । अपराधमा सामेल हुने महिला, पुरुष तेस्रोलिङ्गी जो पनि हुन सक्छन् । जो पनि योजनाकार हुन सक्छन् । यसमा कुनै पनि विमति हुदैन । तर बारामा लगातार महिलालाई योजनाकार बताइनु संजोग हो वा वास्तविक हो, त्यसलाई तथ्यको आलोकमा सत्यापित गर्न सक्नुपर्छ । जो कोही पनि योजनाकारले घटना भएपछि त्यस्मा लाभ तथा कारणको अपेक्षा गरेको हुन्छ । ठूलो लाभदायक उद्देश्य रहेको हुन्छ ।
यहाँ लाभलाई परिभाषित गरिएको छैन । आखिरमा ति महिलालाई जसलाई योजनाकार बताइएको छ उसलाई रुपेश स्वर्णकारको हत्याले के विशेष फाइदा भएको छ, वा हुन सक्छ त्यस्को स्पष्टता छैन । आखिरमा के त्यस्तो कारण छ जसले ति महिलालाई योजना बनाउन बाध्य बनायो त्यो प्रश्नको उत्तर समेत आवश्यक रहेको छ । अनि योजना बनाए पश्चात योजनामा सहभागि गराउन मानिसहरुलाई कसरी प्रेरित गरियो सो प्रश्नको उत्तर पनि त्यतिक्कै जरुरी रहेको छ । महिलाले यसरी योजना बनाई मानिस जोडदा सो रहस्यको खुलाशा किन भएन अथवा सो को गाईगुई किन समाजमा भएन त्यस्को समेत उत्तर आवश्यक छ । हत्या जस्तो गोप्य योजना जसमा दश जना भन्दा बढी मानिस सहभागि छन्, कसरी गोप्य रहन सक्छ, यो पनि प्रश्नको रुपमा रहेको छ । एक पूर्व कर्मचारी जो आधा वर्ष पहिला दुई महिना काम गरेर निस्केकी थिइन्, आखिरमा उनलाई के त्यस्तो प¥यो जो हत्याको योजना बनाउन बाध्य गरियो यस प्रश्नको उत्तर समेत आवश्यक रहेको छ ।
स्वर्णकारलाई गोली हानी हत्या गर्ने शुटरहरु पेशेवर भएको खुलेको छ । गोली प्रहार गर्ने चार जना भारतीय नागरिक पेशेवर शुटरहरु भएको खुलेको छ । उनीहरुले भारतमै थुप्रै अपराधिक गतिविधिमा पनि संलग्न रही आएका छन् । भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह, सोही स्थानका २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० बर्षिय कामेश्वर सहनीले गोली प्रहार गरेर फरार भएको कुराहरु बाहिर आएको छ । भारतमा बसेर एक महिना अघि पनि सीमावर्ती बारा जिल्लाकै पचरोता नगरपालिकामा आप्mनै एक जना साथी अजितकुमार सिंहको हत्या गरेर फेरि भारततर्फ नै फरार भएको बताइएको छ । यो घटनाको करिब छ महिना अघि अजितकुमार सिंह लगायतको यही गिरोहले एक भारतीय नागरिकले बाराको महाजढीमाईमा हत्या गरेको कुरा पनि बताइन्छ । मृतक अजितकी श्रीमती सोनम सहनी सिंहलाई समेत यो घटनाको योजनाकार बताइएको छ । यसैले यी सब घटनामा संजोग हो वा वास्तविक हो महिला योजनाकार बनाइएको यस्को पनि अनुसन्धान गर्न जरुरी रहेको छ । महिला योजनाकारको सुत्रको अनुसन्धान जरुरी रहेको हो ।

Leave a review

This will close in 0 seconds