भोको पेटमा लाठी र बुट होइन खाना देउ सरकार

साझेदारी दैनिक
साझेदारी दैनिक 513 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कोरोना महामारीको नाममा सरकारले जारिगरेको बन्दा बन्दी,सटडाउन,निषेधाज्ञा,कर्फु जस्ता प्रतिबन्धले हिडडुल,बन्द व्यापार,व्यसाय आदि ठप्प हुदा राजधानी काठमाण्डौं लगायत देशैभरिका बिपन्न परिवार भोकभोकै सडकमा रित्तो थाल थापेर एक गाँस खानाको पर्खाइमा मुलुकबासी बसिरहेका छन । काठमाण्डौंको टुडिखेलमा त हिजो आज भोकोपेट र नाङ्गो शरीर लिएर खानाको निम्ति लाइन लाग्नेको संख्या हजारौ देखिरहेको छ । ती भोको पेटका मानिसहरूको श्रब्य दृश्यहरु विभिन्न संञ्चार माध्यमले दिनहु जसो प्रकाशन ,प्रसारण समेत गरिरहेका छन । ती भोकाएकाहरुलाई मनकारी सामाजिक संघ संस्थाले अहिले दिनहु जसो खाना सहित अन्य खाद्य पदार्थ बाडिरहेका छन । तर राज्यका सबै तहका सरकारहरु भने मुखदर्शक बिनिरहेका देखिन्छन् ।

सिहदरबारको केन्द्रमै यस्तो दृश्य देखिरहेका ती सरकारी किर्नाहरु भने जनता चुस्नमै बेस्त छन ।केही दिन अघि प्रधानमन्त्री केपि शर्मा ओलिले दिएको “कोही भोको बस्नु पर्दैन” भन्ने अभिव्यक्तिलाई लिएर टुडिखेलको त्यो दृश्यले ओलिको मजाकको पात्रको रुपमा चित्रण गरिरहेको छ । मुलुक बासी नागरिकको समस्यालाई स्थानीय तहबाटै हल गर्न भनी सरकारले पालिका स्तरमा राहत बाडन निर्देशन दिए पनि कुनै पनि जिल्लामा पछिल्लो पटक गरिएको सटडाउन,निषेधाज्ञा र कर्फुमा एकगेडै पनि राहत बाडिएन । बरु सडकमा नाङ्गो अङ्ग लिएर भोकोपेटहरु हामीलाई खान देउ भन्दै प्लेकार्ड सहित देशका विभिन्न सहरमा उभिरहदा सरकारी फरमानमा ती भोकोपेटमा डण्डा र बुट बजार्न सडकमा प्रहरी उतार्दा आज तिनै जनताले दिएको मतको व्यवस्था गर्नेहरुले यो लोकतन्त्र र गणतन्त्रलाई मनपरितन्त्रमा परिणत गरेको सामाजिक अभियान्ताहरु बताउछन ।

बिकसित भनिएका मुलुकहरुले त आज कोरोना भाइरस अझै निकै बर्ष रहिरहने हुनाले स्वास्थ्य मापदण्ड अपनाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काइसके भने हाम्रो जस्तो अल्पबिकसित मुलुकमा शासकहरुले भने कोरोनाको दबाई लकडाउन,सटडाउन,निषेधाज्ञा ,कर्फु नै हो भनी स्थितिलाई झन बिगार्दै र चर्काउदै लगेका छन । त्यसैले भोको पेटलाई कित खान देउ नत्र खाने बातावरण बनाउन काम गर्न देउ सरकार ।

समाचार शेयर गर्नुहोस
Leave a review