कोरोनाको कहर मै रोजगारी गर्न भारत फर्कदै

साझेदारी दैनिक
साझेदारी दैनिक 535 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बिश्वव्यापी फैलिएको कोरोना भाइरसको डरले त कति भारत सरकारले जबर्जस्ती निकालेका नेपाली फेरि जोखिम मोल्दै रोजगारीको लागि भारत तिरै फर्कन थालेका छन । भारतबाट आउदा फर्किनेहरुको सिमामा जस्तो लस्कर थियो अहिले उता जानेहरुको पनि लस्कर त्यस्तै देखिन थालेको छ । नेपालको सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको तथ्यांक अनुसार अहिलेको निषेधाज्ञाको बेला पनि औषत एक हजार नेपाली भारत गइरहेका छन । बन्दा बन्दीको ५ महिनाको अवधिमा भारतबाट नेपाल फर्किनेहरुको संख्या ५ लाख रहेको प्रहरीको एक तथ्यांकले देखाउछ । यहि अवधिमा २ लाख २५ हजार भन्दा बढी नेपाली नेपालबाट भरत गएको सशस्त्र प्रहरीले जनाएको छ । फर्किएकाहरु मध्ये धेरै नेपाली भरतीय आधार कार्डधारी हुन भने,बाकी करिब ५० हजार जति नेपाली कार्ड बेगरका रहेको प्रहरीको अनुमान रहेको छ । बन्दाबन्दी यता भारतीय आधार कार्ड भएकाहरुलाई भरत प्रवेश गर्न अनुमती छ भने कार्ड नभएकाहरु विभिन्न उपाय निकालेर सिमा नाका काटिरहेका छन ।

भारत फर्कनेहरुमा पुर्वी नाका भन्दा पश्चिमी नाकाबाट जानेको संख्या धेरै रहेको छ । उनिहरुमध्ये सुदुरपश्चिम प्रदेशका धेरै रहेका छन । त्यसैगरी प्रदेश नं १ र प्रदेश २ बाट पनि नेपाली रोजगारीका लागि भारत तिर गएका छ्न । गाउँमा ५ महिना बेरोजगार भै बस्दा पनि पेटपाल्नै समस्या हुन थाले पछि रोजगारिका लागि भारत तिरै फर्कनु पर्ने बाध्यता रहेको फर्कनेहरु बताउछन । आर्काको देशमा जानलाई उनिहरुको रहर नभए पनि बाध्यताले जानू परेको र कोरोनाले भन्दा पनि भोकमरीले मर्ने अवस्था आएका कारण जानू परेको उनिहरुको दुखेसो रहेको छ ।

आफ्नो गाउँ फर्किएका युवाहरुले कृषि व्यवसाय गर्न सम्भावना देखेका थिए तर ७ महिना सम्म पनि कृषि व्यवसाय गर्न सरकारको कुनै पनि तहले सहयोग नगरे पछि बेरोजगार हुदा युवाहरु फेरि उतै फर्किएका हुन । मुलुकको सत्ता संचालकहरु संघिय र प्रदेश सरकारहरुले आफ्ना जनप्रतिनिधिलाई तलब भत्ता देखि सेवासुबिधा बढाउन कानुन नै संशोधन गरि करोडौ रुपैया अपचलन गरि जनप्रतिनिधि पोस्न तल्लिन भैइ राख्दा नेपालमा रहेका बेरोजगार युवाहरुलाई रोजगारी दिनको निम्ति कुनै पनि नयाँ कार्यक्रम ल्याउन सकेका छैनन् ।

समाचार शेयर गर्नुहोस
Leave a review