चिडियाखाना बनाउने जग्गाको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुखद्रारा निरीक्षण

संदिप प्रसाद यादव
501 पाठक संख्या

बाराको महागढीमाई नगरपालिकाको खर्चबाट चिडियाखाना बनाउने जग्गाको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा सहितको टोलिद्वारा निरीक्षण गरिएको छ ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको विशेष पहलमा विश्व प्रसिद्ध गढीमाई मंन्दिर क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले नगरपालिका कै खर्चमा व्यवस्थापन हुने गरी मन्दीर नजिकै चिडियाखानाको कार्य अगाडि बढेको छ ।

वन तथा वातावरण मन्त्रलायले पर्सा निकुञ्जलाई एकिन राय उपलब्ध गराउन र नगरपालिकामा ब्यवस्थापन गर्न परिपत्र गरेको पछी पर्सा राष्ट्रिय निकुञ्जका प्रमुखले दुई ठाउँका जग्गालाई निरीक्षण गरेका थिए ।

पाँच विगहा भन्दा बढी जग्गा रहेको चिडियाखानामा जरायो–२५,मयुर–२५,कछुवा–५०,हात्ती–४,मैना–५०,सुगा–५० र खरायो–५० जस्ता हानी नगर्ने खालको वन्यजन्तुहरु रहने नगर प्रमुख यादवले बताएका छन् ।

निरीक्षण पश्चात् नगर प्रमुख यादवले माघ महिना भित्र चिडियाखाना स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण सन्तोष भागवत,वार्ड नम्बर २ का वार्ड अध्यक्ष,विध्या राना,रामआधार ठाकुर,नवराज यादव,नगर प्रहरीका इन्चार्ज अनिल लोहार,वीरेन्द्र यादव,उपेन्द्र गुप्ता,स्थानीयबासीहरु लगायतको सो अवसरमा उपस्थिति रहेको थियोे ।

Leave a review