जीतपुरसिमरा उपमहानगरपालिकामा लघु कृषि तथा उपकरण प्रदर्शनी

रञ्जन यादव
278 पाठक संख्या

राष्ट्रिय कृषक समुह महासंघले जीतपुरसिमरा उपमहानगरपालिकामा लघु कृषि तथा उपकरण प्रदर्शनी गरेको छ ।

महासंघको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका र आफनो समुहका किसान र कृषि प्राबिधिक बिद्यालयका बिद्यार्थीहरु बिच लघु कृषि तथा उपकरणको प्रतिस्पर्धा गराई प्रदर्शन गरिएको हो ।

जनता प्रबिधिक शिक्षालय रजघटा र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मनहर्वामा कृषि बिषयमा अध्यानरत विद्यार्थीहरु स्थानिय कृषक बिच कृषिऔजार संग्रालय सहित उपकरण प्रदर्शन गरिएको हो ।

कृषक महासंघले प्रतिस्पर्धामा भाग लिने किसान समुह र बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र कृषकलाई कृषिऔजार कृषि उपकरण बितरण गरेको हो ।

कृषिऔजार संग्रालय र उपकरणको प्रदर्शन उदघाटनमा जनतामावि कुल प्रसाद पौडेल र मनहर्वामा बिद्यालयमा भएको कार्यक्रमको उदघाटन अनिल चौधरीले गरेका हुन् ।

दुबै स्थानमा भएको छुटा छुटै कार्यक्रममा कृषक महासंघकी अंकिता नेपाल,कबिता बंञ्जारा,परमानन्द चौधरी र प्रबिधिक बिद्यालयका अनिष पौडेल,रामदयाल चौधरी लगायत स्थानिय कृषक समुहको उपस्थित रहेको थियो ।

Leave a review

This will close in 0 seconds