निभा यादवको ‘परदेशवा’ भोजपुरी गीत सार्वजनिक

साझेदारी डेलि
31 पाठक संख्या

सिम्रौनगढ़ । नूर आलम बादशाह/ नेपाली तथा भोजपुरी संगीत क्षेत्रमा नयाँ गीत ‘परदेशवा’ सार्वजनिक भएको छ। परदेशी जीवन, माया, बिछोड र परिवारसँग जोडिएका भावनालाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको गीत ‘Nibha Yadav Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा निभा यादव र भारतीय कलाकार अखी जीले मुख्य अभिनय गरेका छन्। पंकज मतलबी र शिल्पी राजको स्वर रहेको गीतमा शिव साजनको शब्द तथा मंटू मनीषको संगीत रहेको छ।

उडान प्रोडक्सनको प्रस्तुति रहेको ‘परदेशवा’ का निर्माता शर्मीला थापा हुन्। गीतमा परदेशमा रहेका नेपाली तथा भोजपुरीभाषी समुदायको जीवन, संघर्ष, परिवारप्रतिको माया र भावनात्मक सम्बन्धलाई कथावस्तुमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ यसले चर्चा पाउने अपेक्षा गरिएको छ। रोजगारी तथा विभिन्न कारणले परदेशमा रहेका परिवारका सदस्यहरूको जीवनसँग जोडिएको विषय भएकाले गीतले दर्शक–स्रोतामाझ भावनात्मक प्रभाव पार्ने निर्माण पक्षको विश्वास छ।

Leave a review