सिमरा जेसीज २०२४ का अध्यक्षमा लक्की चयन

रञ्जन यादव
491 पाठक संख्या

बाराको सिमरा जेसीजले वर्ष २०२४ का लागि अध्यक्षमा लक्की रिमाल (लक्ष्मी) चयन गरेको छ ।

सिमरामा सम्पन्न जेसीजको भेलाले रिमालको अध्यक्षतामा वर्ष २०२४ को कार्यसमिति चयन गरेको हो ।वर्ष २०२३ मा कोषाध्यक्षको भूमिकामा रिमाल रहेका थिए ।

सिमरा जेसीजको नेतृत्व रिमालको रहनेछ । वर्ष २०२४ का लागि सिमरा जेसीजको कार्यकारिणी उपाध्यक्षमा रेखा सापकोटा र सुमित अधिकारी चयन भएका छन् ।

यसैगरी कानुनी सल्लाहकारमा सुशिल पौडेल,महासचिवमा अस्मिता शर्मा,कोषाध्यक्षमा द्धारिकाराज पौडेल चयन भएका छन् ।

उपाध्यक्षमा भरत आचार्य,रामेश्वर बास्कोटा,राजु चौरसिया, सुनोद ढकाल चयन भएका छन् ।

आगामी वर्षका लागि चयन भएको कार्यसमितिले पदस्थापनपछि मात्रै जिम्मेवारी सम्हाल्ने जनाईएको छ ।

Leave a review