गाँजा खेती फँडानी तथा नष्ट

साझेदारी दैनिक
481 पाठक संख्या

पर्सा प्रहरीले अबैध गाँजा खेती फडानी गरि नष्ट गरेको छ ।

प्रहरीले डेढ विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

पर्सागढी नगरपालिका वडा नं।३ झबराहा स्थितमा लगाइउको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएकोे प्रहरी टोलीले अवैधरूपमा लगाइएको ३० कठ्ठामा १२,००० ९ बाह्र हजार ० गाँजाको बोट फडानी तथा नष्ट गरेको हो ।

पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाका अनुसार गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने छ । 

Leave a review

This will close in 0 seconds