सही सूचना सही समयमा उपलव्ध गराउन नेपाल प्रेस युनियन बाराको प्रहरीसंग माग

साझेदारी दैनिक
879 पाठक संख्या

नेपाल प्रेस युनियन बाराले जिल्ला प्रहरी कार्यालय बारासंग सही सूचना उपलव्ध गराउन माग गरेको छ ।

युनियन बाराका अध्यक्ष श्यामबाबुप्रसाद यादवले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

प्रेस विज्ञप्तिमा जिल्लामा भएका घटनाको सत्य तथ्य सूचना सही समयमा सञ्चारकर्मीहरुलाई उपलव्ध नहुने उल्लेख छ ।

सञ्चारकर्मीले आधिकारिकताका लागि सम्पर्क गर्दा प्रहरी प्रमुख एवं प्रवक्ताले फोन नउठाउने जस्ता गतिविधि पछिल्लो समय देखिदै आएको विज्ञप्तिमा लेखिएको छ ।

यसको पछिल्लो उदाहरण मिति २०८० मंसिर २७ गते सिम्रौनगढ घटनालाई लिन सकिन्छ विज्ञप्तिमा भनिएको छ ।

समाचारको आधिकारिताका लागि जिल्ला प्रहरी कार्यालय,बारा पुगेका सञ्चारकर्मीहरु माथि बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले गरेको दुव्यवहार प्रति नेपाल प्रेस युनियन,बारा शाखाले घोर भत्र्सना गरेको छ ।

नेपाल प्रहरीले जिल्लामा रहेको प्रहरी नायव उपरीक्षकलाई सूचना आधिकारिक रुपमा कार्य गर्न भनेता पनि बाराका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सही समयमा कुनै पनि सूचना नदिने गरेको गुनासो विज्ञप्तिमा गरिएको छ ।

सञ्चारकर्मीको फोन नउठाउने लगायतका कार्यले सही सूचना सम्प्रेषणमा कठिनाई भईरहेको उल्लेख गरिएको छ ।
जिल्लामा केही महिनादेखि शान्ति सुरक्षाको अवस्था खस्कदै गईरहेको विगतका घटनाबाट देखिन आएको छ ।

पछिल्लो समय राज्यबाट र गैर राज्य पक्षबाट विभिन्न घटना भईरहदा त्यस्ता घटनाको वास्तविकता र आधिकारिकता प्रहरी प्रशासनमा निहित रहन्छ । पत्रकारहरुले सही समयमा सूचना नपाउदा विभिन्न किसिमका समाचारहरु प्रकाशित प्रशारित हुँदा त्यसबाट पीडित पक्ष र राज्यपक्षलाई नै क्षति हुने देखिन्छ विज्ञप्तिमा लेखिएको छ ।

सही सूचना पाउने नैर्सिग अधिकारलाई कुण्ठित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न नेपाल प्रेस युनियन,बाराले विज्ञप्ति मार्पmत जोडदार माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा बुधबार प्रहरी प्रमुखबाट नै भएको घटनाले पत्रकारहरु मर्माहित बन्दै गरेको विज्ञप्तिमा जनाइएको छ । यस्ता आफ्ना बानी व्यहोरा र आचरण सुधार गर्न समेत विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।

Leave a review

This will close in 0 seconds