वर्तमान अवस्थामा बारा सदरमुकाम कलैयामा किराना व्यापार सुक्दै गएको छ ।
किराना पसलहरुलाई आफ्नो घर किराया समेत उठाउन मुश्किल पर्दै गएको छ । यही विच किराना व्यापार संघ कलैयाका नवनिर्वाचित पदाधिकारीहरुले शनिबार आप्mनो पद ग्रहण गरेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ अवस्थित तेली कल्याण समाजको भवनमा उनीहरुले आफ्नो पदभार ग्रहण गरेका हुन्। सो अवसरमा संघका अध्यक्ष सुनिल साह,वरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर यादव,उपाध्यक्ष दिप लाल,महासचिव अजय बाबु,सचिव सुरेश प्रजापति,कोषाध्यक्ष गौरी शंकरले पदभार ग्रहण गरेका हुन् ।
सो कार्यक्रममा संघ कार्य समिति सदस्य सुशील केशरी, सिकेन्द्र जयसवाल,राजेश गुप्ता,राकेश साह,राजेशप्रसाद केशरी,रामबाबु प्रसाद साह,सञ्जय पटेल,राजा दास लगायतकाले पद ग्रहण गरेका हुन् ।
सो अवसरमा सल्लाहकार विष्णु पौडेल,पप्पु गुप्ता,रामेश्वर पटेल एवम पुरुषोत्तम केशरी लगायतकाले पदभार ग्रहण गरेका हुन् ।
उक्त अवसरमा बोल्दै पूर्व अध्यक्ष विष्णु पौडेलले कलैयाको किराना व्यापार सुक्दै गउको बताए । उनले मटिअर्वा नाकाबाट मानिसहरुले घरमा प्रयोग गर्न भनी ५० हजार भन्दा बढीको समेत सामान ल्याउन थालेपछि कलैयाको किराना व्यापार प्रभावित भएको उनले बताए ।
खुलेआम सामानहरु आइरहेको जनाउदै उनले ति सामानहरु भारतमा धेरै सस्तो रहेको जनाए । धेरै सस्तो सामानहरु भएकोले मानिसहरु त्यसप्रति आकर्षित भएको र बाराको कलैया देखिको धेरै स्थानको बजारको रुपमा भारतको आदापुर क्षेत्र बन्दै गएको जनाए ।
उनले संघलाई अगाडी बढाउन नवनिर्वाचित पदाधिकारीसंग आग्रह गरे । संघका निवर्तमान अध्यक्ष पप्पु गुप्ताले कलैयाको व्यापार फष्टाउनको लागि वातावरण बनाउन आग्रह गरे ।
पूर्व उपाध्यक्ष सञ्जय दासले कलैयामा अहिले व्यापारको अवस्था अत्यन्त नाजुक रहेको बताए । उनले २० वर्ष पहिलेको अवस्थामा व्यापार पुगेको बताए ।
चाडपर्व र लगनको समयमा समेत व्यापार नरहेको बताउदै अहिले ठूलो समस्या देखिएको बताए । कार्यसमितिका सहसचिव जयप्रकाश साहले सबैको सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा दिपक किरानालाई १५ हजार प्रदान गरिएको थियो । सो रकम उक्त किरानामा चोरी भएर क्षति भएकोले संघले सहयोग गरेको हो ।
कार्यक्रमको अध्यक्षता सुनिल साह,सञ्चालन दिपलाल र स्वागत अमलेश साहको थियो । संघको हिसाब किताब चन्दन कुमारले प्रस्तुत गरे ।


