सिमराकी एक बालिका बेपत्ता, प्रहरीद्वारा खोजी सुरु

साझेदारी डेलि
36 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका बेपत्ता भएकी छन्। स्थानीय सनाया खातुन जेठ १७ गतेदेखि परिवारको सम्पर्कमा नआएपछि बेपत्ता भएकी हुन्।

बालिका लामो समयसम्म सम्पर्कविहीन भएपछि उनकी आमा गुलाप्सा खातुनले मंगलबार इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि निवेदन दिएकी छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार मंगलबार मध्यान्ह बालिका बेपत्ता भएको जानकारीसहित निवेदन परेको हो।

निवेदन प्राप्त भएलगत्तै प्रहरीले बालिकाको खोजी तथा आवश्यक अनुसन्धान सुरु गरेको डीएसपी भट्टले जानकारी दिए।

प्रहरीले बालिकाबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराउन आग्रह गरेको छ।

Leave a review