ठेक्काको विषयलाई लिएर सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकामा विवाद

राम मण्डल
373 पाठक संख्या

पर्सामा दुई गाउँपालिकामा विवाद भएको छ । जमुनिया खोलाको ठेक्कालाई लिएर सो विवाद भएको हो । पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाबीच विवाद उत्पन्न भएको हो ।

सखुवा प्रसौनी गाउँपालिकामा रहेको खोलाको ठेक्का मनोमानी तरिकाले पटेर्वा सुगौली गाउँपलिकाले लगाएपछि विवाद उत्पन्न भएको हो ।

सखुवा प्रसौनी गाउँपलिकामा रहेको जमुनिया खोलालाई आफनो पालिका मातहत रहेको भन्दै पटेर्वा सुगौलीले ठेक्का लगाई दिएपछि विवाद बढेको हो ।बिबाद बढदै गएपछि नेपाल पत्रकार महासंघ पर्सामा बिहीबार सखुवा प्रसौनी गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आप्mनो पालिकामा रहेको खोलालाई अन्य पालिकाले ठेक्का लगाउन नमिल्ने भएपनि जबरजस्ती तरिकारले पटेर्वा सुगौलीले जमुनिया खोलाको ठेक्का लगाएको आरोप पत्रकार सम्मेलनमा लगाइएको थियो । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले दुई करोडसम्ममा ठेक्का लगाउन सकिने खोलाको पटेर्वा सुगौलीले ६० लाखमा मात्रै लगाएर मनोमानी गरेको आरोप यादवको छ ।

गोप्य रुपमा चुपचाप ठेक्का लगाएपछि ठेकेदारहरुले नै आफुलाई फोन गरेपछि जमुनिया खोलाको बिषयमा विवाद रहेकोले त्यसमा ठेकदाहरुलाई नपर्न भनेको उनले बताए ।

गुगलको नक्सा हेरेर गलत तरिकाले सिमाँकन गरे पटेर्वा सुगौलीले जमुनिया खोलालाई आफनो भनिरहेकोमा त्यसलाई आफुहरुले कुनै पनि हालमा नमान्ने यादवको भनाई छ ।उनले कानुनी रुपमा र सामाजिक ब्यवहारिक दुबै तरिकाले खोलाको बिषयमा कुराकानी गर्ने उनले जनाए ।

०७४ सालमै खोलाको बिषयमा विवाद रहेको छ ।भएपछि ०७६ सालमा जमुनिया खोलाको ६५ प्रतिशत हिस्सा सखुवा प्रसौनी र ३५ प्रतिशत हिस्सा पटेर्वा सुगौली गाउँपलिकालाई दिईएको थियो ।अहिले आएर आप्mनो मात्र खोला भन्दै पटेर्वा सुगौलीले ठेक्का लगाएको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारुले जानकारी दिए ।

खोलाको ठेक्का लगाएकोले अहिले आफनो वडाका वडाबासीहरु आक्रोशित भएको उनले जनाए । भविष्यमा कुनै घटना भए त्यस्को जिम्मेवारी पटेर्वा सुगौली र सम्बन्धित ठेकेदारले नै लिनुपर्ने उनको भनाई थियो ।

यता आफुहरुले डिभिजन बनको प्रतिनिधि,जिल्ला समन्वय समितिको प्रतिनिधि लगायतको सहभागिता र सहमति अनुसार नै आफनो पालिकामा रहेको जमुनिया खोालको हिस्साको मात्रै ठेक्का लगाएको पटेर्वा सुगौली गाउँपलिकाका अध्यक्ष दिनेश चौधरीले दाबी गरे ।

आफनो पालिकामा पर्ने खोलाको मात्रै ठेक्का लगाएका हौ,६० लाखमा ठेक्का लगाईसक्यौ,उनले भने ।’उनले खोलाको ठेक्का गर्दा सबैको सहमति गरेर नै लगाएको दावी गरे ।आफ्नो पालिका मातहत रहेको खोलाको मात्रै ठेक्का लगाएको बताए ।

Leave a review

This will close in 0 seconds