सशस्त्र प्रहरीले ब्रोईलर कुखुराको चल्लासहित एक जनालाई पक्राउ गरेको छ ।
उसले वीरगञ्जबाट भारतबाट तस्करी गरि ल्याइएको कुखुराको चल्लासहित एकजनालाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका ३२ स्थित टेढा रामबन सडकखण्डबाट पौष ३ गते करीव पाँच लाख रुपैयाँ बराबरको कुखुराको चल्ला बरामद गरेको हो ।
प्रहरीले ७६ कार्टुन बोईलर कुखुराको चल्लासहित वीरगञ्ज महानगरपालिका ९ बस्ने ४३ बर्षिय धर्मेन्द्र गुप्तालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उनले संचालन गरेको फर्म भित्र राख्न तयारी गरिरहेको अवस्थामा सात हजार छ सय वटा बोईलर कुखुराको चल्लासहित उनलाई नं.१३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
बरामद बोईलर कुखुराको चल्ला नेपाल प्रहरी,स्थानीय भद्र भलादमी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ ।
नियन्त्रणमा लिएका गुप्तालाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएकोे छ ।

