बोलबम काँवर संघ बाराले कलैया उपमहानगरपालिका ३ सिद्धेश्वर मन्दिरमा २४ घण्टे अष्टयाम सुरु गरेको छ ।
सिद्धेश्वर मन्दिरबाट गाँजा बाजाका साथ निस्केको कलस यात्राले यस अघि कलैयाको परिक्रमा गरेको थियो ।
सो कलश यात्रा पुनः सिद्धेश्वर मन्दिरमा पुगी २४ घण्टे अष्टयाम सुरु भएको हो । संघका अध्यक्ष कर्दम श्रेष्ठले जानकारी गराएका छन् ।
विगत ५२ वर्ष देखि निरन्तर यो अष्टयाम मंसिरको नवमी तिथिमा धुमधामको साथमा बोलबम काँवर संघले गर्दै आएको संघका संरक्षक निरज नेपालीले बताए । बाबु बाजेले गर्दै आएको निरन्तर परम्परा बोलबम काँवर संघले गरेको सरोज गुप्ताले बताए । हिन्दू धर्मको अस्तित्व जोगाउन बोलबम काँवर संघले निरन्तर लागिरहेको गुप्ताले बताए।
बोलबम काँवर संघमा कलैया,औधापुर,बरेवा,धर्मनगर, मिटयरीया,जितपुर सिमराको रतनपुरी,जैतापुर,डुवरवाना लगायतको ठाउबाट हजारौको संख्यामा श्रद्धालु भक्तजन बोलबम काँवर संघमा आबद्ध रहेको संघका मिडिया प्रमुख अजय साहले जनाए ।
संघले ५२ वर्ष देखि बिना कुनै दाताको आर्थिक सहयोगमा आफैंमा चन्दा संकलन गरी धार्मिक कार्यक्रमहरु गर्दै आएको छ । संघले प्रत्येक श्रावण महिनामा भाडाको बस रिजर्व गरी संघमा आबद्ध श्रद्धालु भक्तजनहरुलाई मन्दिरमा लग्ने गरेको छ । नुनथर,बागमतीबाट जल लिई प्रसिद्ध सहजनाथ र सिद्धेश्वर मन्दिरमा चढाउने परम्परा पनि संघले निर्वाह गर्दै आएको छ ।
संघले शुक्रबार सिद्धेश्वर मन्दिरको प्राङ्गणमा संघमा आबद्ध रहेकालाई सम्मान कार्यक्रमको आयोजना गर्नेछ । कार्यक्रममा बोलबम काँवर संघका संस्थापक जङ्गबहादुर यादव लगायत भक्तजनको सहभागिता रहेको थियो ।


