करण कुमार मिश्र/
जिल्ला वन पैदावर आपूर्ति समिति रौतहटको अध्यक्षको जिम्मेवारी रामप्रवेश दास तत्माले सम्हालेपछि सर्वसाधारण नागरिकलाई काठ पाउन सहज भएको छ ।
पहिला पहिला नयाँ घर निर्माण तथा घर मर्मत सम्भारका लागि सर्वसाधारण नागरिकलाई डिभिजन वन कार्यालयबाट काठ लिन धेरै मुस्किल हुने गरेको थियो ।
काठका लागि जिल्ला वन पैदावर आपूर्ति समितिको कार्यालय चन्द्रनिगाहपुरमा आवेदन दिएको वर्षौसम्म कुनुपर्ने बाध्याता थियो ।
त्यस्तै सर्वसाधारण नागरिकभन्दा पावर र पहुँच भएकाहरु, ठेकेदार, तस्कार, व्यापारी लगाएत पैसा हुनेले मात्र काठ पाउने गरेको थियो भने सर्वसाधारण नागरिकलाई काठ पाउन निकै समस्या हुने गरेको थियो ।
तर जिल्ला वन पैदावर आपूर्ति समिति रौतहटको अध्यक्षको जिम्मेवारीमा रामप्रवेश दास तत्मा आएदेखी सर्वसाधारण नागरिकलाई काठ पाउन निकै सहज भएको स्थानीयहरुले बताएका छन ।
पहिला पावर र पहुँचको आधारमा केहि सिमित व्यक्तिले मात्र काठ पाउने र सर्वसाधारण व्यक्तिले काठ नपाउने अवस्थालाई अन्त्य गर्दै आफुले पहिला सर्वसाधारण नागरिकलाई सहज ढंगले काठ उपलब्ध गराउने व्यवस्था गरेको जिल्ला वन पैदावर आपूर्ति समितिका अध्यक्ष तत्माले बताएका छन् ।
समितिका अध्यक्ष दासले छिटोछरितो काठ उपलब्ध गराउन थालेपछि सर्वसाधारणलाई काठका लागि अब वर्षौसम्म कुनुपर्ने बाध्याता अन्त्य भएको बताएका छन ।
एकातर्फ सर्वसाधारण नागरिकले काठ नपाउने र अर्कोतर्फ कटान भएका काठहरु जंगलमा कुहिएर नष्ट हुने र त्यस्ता काठ लिलामी प्रक्रियाद्धारा विक्रि गर्दा कम मुल्य पाउने प्रवृतिलाई अन्त्य गर्दै आफुले काठ वितरण कार्यलाई निकं सहज ढंगले धमाधम अगाडि बढाएको उनले बताए ।
आफुले सर्वसाधारण नागरिकलाई पहिलो प्राथमिकतामा राखेर काठ उपलब्ध गराउने तिर बढी ध्यान दिएको अध्यक्ष दासले बताए । अहिले घरायसी प्रयोजन वा अन्य कुनै कामका लागि काठको आवश्यक्ता हुने नागरिकलाई आवेदन दिएको केही दिन भित्रमै काठ उपलब्ध गराउने गरेको उनले बताए ।
त्यस्तै कसैको छोरीको विहेमा फर्निचरका लागि काठको आवश्यक्ता पर्दा त्यस्ता व्यक्तिलाई ३० क्यूफिट र सानो विकास निर्माणका कामका लागि पनि उपभोक्ता समितिलाई १ सय ५० क्यूफिटसम्म काठ आवेदन दिएको एक दुई दिन भित्रमै काठ उपलब्ध गराउने प्रबन्ध मिलाएको समेत तत्माले जनाए ।
सर्वसाधारण नागरिकलाई भने ७० क्यूफिटसम्म मात्र काठ उपलब्ध गराउने गरिएको उनले जनाए । पहिला काठको लागि आपूर्ति समितिमा आवेदन दिन एक महिना मात्र समय दिने गरिएकोमा आफु अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत मंसिर देखी नै आवेदन खुल्ला गरेको र आउँदो असारसम्म आवेदन दिन सकिने समय तोकेको उनले बताए ।
आवेदन खुल्ला भएसंगै गत मंसिर देखी अहिलेसम्म ६ सय जना भन्दा बढी व्यक्तिले काठका लागि आवेदन दिएको र आवेदन दिने क्रम अझै जारी नै रहेको उनले बताए । जंगलमा यतिखेर साल लगाएत प्रजातिका काठहरु प्रर्याप्त मात्रामा रहेकोले काठ वितरण गर्न कुनै समस्या नरहेको उनको भनाई छ ।
उनले अघि भने,‘पहिला पहिला काठका लागि आवेदन दिएको एक वर्ष देखी दुई वर्षसम्मा सर्वसाधारणले काठ पाउने गरेका थिए । काठ पाउन धेरै बढी समय लाग्ने गरेकाले राजश्व पनि धेरै कम उठने गथ्र्यो ।’
त्यसैले आफुले छिटोछरितो काठ उलब्ध गराउने व्यवस्था गरेका कारण राजश्व संकलनमा समेत वृद्धि हुने अपेक्षा गरेको उनले बताए । राजश्व संकलन वृद्धि गर्ने उद्देश्यका साथ काठ वितरणमा सहजता ल्याएको समेत प्रतिबद्धता गरेका छन ।

