चार लाख बराबरको प्याजसहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
895 पाठक संख्या

बारा प्रहरीले चार लाख बराबरको प्याजसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैयाबाट ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिरहाबाट काठमाण्डौ जादै गरेको प्र.२–०३– ००१ ख ०९५६ न.को मिनि ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सो ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी चार लाख ८७ हजार ५ सय रूपैया बराबरको करिब ९ हजार ७ सय ५० किलो प्याज रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds