रमपुर्वामा संचालित थारु माघी संस्कृतिक महोत्सव सकियो

साझेदारी दैनिक
285 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवीमा संचालित तीन दिने थारु माघी संस्कृतिक महोत्सव बुधवार सम्पन्न भएको छ ।

थारु कल्याणकारी सभा जिल्ला कार्य समिति बारा, नगरकार्य समिति कोल्हवी र गाउँ एकाई कमिटी रम्पुर्वाको संयुक्त आयोजनामा उक्त थारू माघी संस्कृतिक महोत्सव २०८० को रमपुर्वामा संचालन भएको थियो ।

थारु कल्याणकारणी सभा बाराका सभापति रामप्रसाद चौधरीको सभापतित्वमा समापन समारोह सम्पन्न भएको थियो । समापन कार्यक्रम कोल्हवी नगरपालिकाको मेयर रामप्रसाद चौधरी, उपमेयर लक्ष्मी कुमारी चौधरी, थारु केन्द्रिय पार्षद सलेन्द्र फौदार,थारु अगुवाहरु श्री देवी,हृदयनारायण चौधरी,अनिल चौधरी,जिल्ला कोषाध्यक्ष बासु चौधरी,जिल्ला सदस्य संजय चौधरी,रबिन्द्र पनुहर,मन्जु चौधरी,उर्मिला चौधरी,योगेन्द्र चौधरी,बारागढी गाउँपालिका वडा न ५ का अध्यक्ष मनेजर चौधरी सुरेश बाबू चौधरी,चिन्तु चौधरी,कोल्हवी नगरपालिका वडा न १० का अध्यक्ष कुन्जबिहारी चौधरी,नेपाल मत्सय व्यवसायी संघ अध्यक्ष बिरेन्द्र चौधरी लगायतकाले सम्बोधन गरेका थिए ।

यसैगरी कार्यक्रममा नेपाल प्रेस युनियन बाराका सह सचिव बिनिता चौधरी,रेडियो पातालगङ्गाका प्राबिधिक एलिजा पनुहर, कोल्हवी न्युज डट कम प्रबन्धक अशेष ढुंगाना,रेडियो कोल्हवीका ग्यानु चौधरी लगायतको उपस्थिति रहेको थियोे ।

महोत्सवको बुधवार अन्तिम दिनको कार्यक्रममा नवलपरासीका थारू महिलाहरूले ठकारा डान्स,घैला डान्स,थारू झुम्रा डान्स प्रस्तुत गरेका थिए । साथै स्थानीय थारु कलाकारहरूले गित,नृत्य,थारू झाकी समेत प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा कार्यक्रममा नेपाल सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थारू विद्यार्थीहरुलाई उच्च मनोबलको साथ दोसल्ला ओठाई सम्मान गरिएको थियो ।

महोत्सव पौष २९ गतेदेखि लिएर माघ ३ गतेसम्म चलेको थियोे । महोत्सवमा करिब १० हजार मानिसहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ।

Leave a review

This will close in 0 seconds