एक साता भन्दा बढिदेखी अत्याधिक चिसो बढेपछि बाराको विभिन्न स्थानीय तहहरुले चिसोका कारण विद्यालयहरुमा थप बिदा दिने निणर्य गरेका छन् ।
शीतलहर बढ्दै गएपछि स्थानीय तहहरुको यसअघि गरिएको विदामा थप गर्दै केही दिनका लागि विदा दिन निणर्य गरिएको हो ।
जिल्लाको कलैया उपमहानगरपालिका,जीतपुरसिमरा उपमहानगरपालिका,कोल्हवी नगरपालिका,निजगढ नगरपालिका लगायतकाले थप तीन दिन विदा दिने सूचना जारी गरेर जानकारी गराएका छन् ।
कलैया उपमहानगरपालिकाले उपमहानगर भित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरुमा माघ ७ देखि ९ गतेसम्म थप ३ दिन जाडो बिदा गरिएको शिक्षा शाखाका प्रमुख उपसचिव प्रहलाद प्रसाद वर्णवालले बताए ।
अत्यधिक जाडो भएको हुनाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले थप ३ दिन जाडो बिदा गरिएको शिक्षा शाखाका प्रमुख उपसचिव वर्णवालले जानकारी दिए ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले अत्याधिक जाडो तथा शीतलहरको कारणले माघ १० गते सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरका शिक्षा शाखा अधिकृत हरिश प्रसाद भट्टले आइतबार एक सूचना जारी गर्दै अत्याधिक चिसोका कारण उपमहानगर अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत बिधालयमा माघ ८ देखि १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
त्यसैगरी निजगढ नगरपालिकाले अत्याधिक जाडो तथा शीतलहरको कारणले माघ ८ देखी ९ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटाले आइतबार एक सूचना जारी गर्दै अत्याधिक चिसोका कारण नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत बिधालयमा माघ ८ देखि ९ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
त्यस्तै कोल्हवी नगरपालिकाले पनि अत्याधिक जाडो तथा शीतलहरको कारणले माघ ८ देखी १० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
मौसम प्रतिकुलताका कारण वालवालिकाहरुको स्वास्थ्यमा निकुल असर पर्ने सम्भावना तथा विद्यालयमा निर्यामन पठनपाठन गर्न असहज हुदै गएको अतः अधारभूत तह उत्तीर्ण परिक्षा तथा एसईई प्रति राष्ट्रिय परिक्षा बोर्डको नितिलाई मध्य नजर गर्दै माघ ८ गते देखि १० गतेसम्म शैक्षिक सत्र २०८० को संचित वर्षे बिदावाट कट्टा हुने गरि प्रारम्भिक बाल बिकास देखि कक्षा ५ सम्म विद्यालयको पठनपाठन बन्द र प्रशासनिक कार्य सुचारु रहने आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले जनाएको छ ।
यता देवताल गाउँपालिकाले पनि आइतबार सामाजिक संजालमा एक सूचना जारी गर्दै गाउँपालिका का सवै सामुदायिक र संस्थागत विद्यालयहरुमा माघ ७ देखि ८ गतेसम्म थप विदा दिने निणर्य गरेको छ ।

