समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्षमा शम्भुकुमार सुमन आएका छन् ।
संगठनको शुक्रबार सम्पन्न विशेष जिल्ला सम्मेलनले सुमनको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । वीरगंजस्थित होटल बृन्दावनमा सो जिल्ला सम्पन्न भएको हो ।
नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा हरिशंकर शर्मा,महिला उपाध्यक्षमा रमा थामी,सचिव विनोद पटेल,सह सचिवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह रहेका छन् ।
संगठन पर्साको सदस्यमा श्याम पासवान,दिपु बर्णवाल,प्रदिप साह,धर्मेन्द्र प्रसाद यादव,जितेन्द्र यादव,राजु साह,रन्जिता कलवार,सरोज पटेल,अमोद शर्मा,श्रवण साह, राधेश्याम पटेल सर्वसम्मत चयन भएका हुन् ।
सम्मेलनले संगठन पर्साको सल्लाहकारमा चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेको छ । संगठन केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सो सम्मेलन भएको हो । संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन भएको हो ।
सो सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा,वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलनको विशेष उपस्थिति थियो ।
यस्तै उप महासचिव द्वय लेखनाथ सिकारु,प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान,नेपोलियन चेपाङ,केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलन पश्चात नवनिर्वाचित कार्य समितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ समेत खुवाएका छन् । अध्यक्ष सुवेदीले पर्सा जिल्लाका समाजवादी प्रेस संगठन भाँडभैलो मच्चाउन केही कुतत्वहरु लागेको उनले जनाए । त्यस्ताको पछि नलाग्न समाजवादीका पत्रकारहरुलाई सुवेदीले आग्रह गरे ।
समाजवादी प्रेस संगठन नेपाललाई श्रमजिवि पत्रकारहरुको अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न उनले निर्देशन दिए ।


