शरिर जलेर गम्भिर घाईते भएकी झा आर्थिक अभावमा

रञ्जन यादव
379 पाठक संख्या

आर्थिक अभावका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ की अग्नि पिडित ३० बर्षिय महिला चाँदनी झाको उपचारमा समस्या भएको छ ।

गत माघ ४ गते चुलोमा दुध उमाल्ने क्रममा उनको साडीमा आगो सल्केर जीउमा आगलागि भएको हो । आगलागिबाट पिडित झाको करिब ४० प्रतिशत भाग जलेको छ ।

वीरगंज स्थित नेशनल मेडिकल कलेजमा उनको उपचार सम्भव नभएपछि काठमाडौँ स्थित किर्तिपुर बन अस्पतालमा उनको उपचार भईरहेको छ । उपचारको क्रममा १२ लाख भन्दा बढी रकम खर्च भईसकेको पारिवारिक स्रोतले जनाएको छ ।

पिडितका श्रीमान अरुणले सहयोगको लागि सबैमा अपिल गरेका छन् । उद्योगमा काम गर्ने पिडितका श्रीमान अरुण सामान्य कामदार हुन् ।

जग्गा,जमिनको नाममा उनीसँग केही छैन् । ऐलानी जग्गामा एउटा झोपडी बनाएर पिडितका स परिवार बस्दै आएको स्थानीय सन्तोष यादव बताउँछन् । पारिवारिक स्थितिलाई बुझेका स्थानीय व्यक्तिहरुले उपचारकोलागि चन्दा सङ्कलन पनि सुरु गरेका छन्।

वडामा बसेको स्थानीय अगुवाहरुको बैठकले चन्दा सङ्कलन गरेर उपचार गर्ने निर्णय गरेका थिए । तर अहिलेसम्म रु २० हजार मात्र सर्बसधारणबाट उठ्न सकेको स्थानीय यादवले दुखेसो गरे । वडा कार्यालयबाट रु २५ हजार सहयोग प्राप्त भएको उनले बताए ।

पिडितको उपचार कहिले सम्ममा हुन्छ,कुनै टुङ्गो छैन्,कति पैसा लाग्छ कुनै टुङ्गो छैन् हामी युवाहरु चन्दा सङ्कलनको प्रयास गरिरहेका छौ,स्थानीय यादबले भने,पिडितको १.५ बर्ष,४ बर्ष र ६ बर्षको बालबच्चा छन्,उनलाई केही भयो बच्चाहरु टुहुरा हुन्छन् ।

सहयोग गर्न इच्छुक व्यक्तिले अग्नि पिडित महिलाको श्रीमान अरुण कुमार ब्राहमणको नाममा ईन्भेष्टमेन्ट बैकमा रहेको खाता नम्बर ००३०५२८०२५९५४५ मा सहयोग गर्न सक्नेछन् ।

Leave a review

This will close in 0 seconds