विशेष अदालत द्वारा मालपोतका खरिदारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

रञ्जन यादव
1.3k पाठक संख्या

भूमि सुधार तथा मालपोत कार्यालय,बाराका खरिदारलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

कलैया मालपोत कार्यालयमा कार्यरत खरिदार रामविश्वास साहलाई माननीय न्यायाधीशहरु टेकनारायण कुँवर,रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार दोषी ठहर गरेको हो ।

साहमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको आरोप थियो ।

विशेष अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।

Leave a review

This will close in 0 seconds