बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका दुई जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोलस्थितवाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भागेकोमा अनुसन्धान गर्दै जाने क्रममा ति दुई युवकलाई पक्राउ गरेको हो ।
सो मोटरसाइकल मंगलवार बेलुका अन्दाजी आठ वजेको समयमा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ५ गण्डक नहरस्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकल सहित दुबै युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्लाको परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल बस्ने अन्दाजी २१ वर्षीय बलीसाह सोनार र सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीय रामनिवास राउत भेडियर रहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल सहित दुबै युवकलाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद लिई अन्य अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

