एक लाख बत्तीस हजार बराबरको चिनी बरामद

संदिप प्रसाद यादव
490 पाठक संख्या

बारा प्रहरीले एक लाख ३२ हजार बराबरको चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराले चार क्विन्टल ३२ हजार बराबरको चिनी बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बकुलिया चोकबाट प्रहरीले सो चिनी बरामद गरेको हो ।

दुई वटा मोटरसाइकलबाट आउदै गरेको मानिसहरुले प्रहरीलाई देखेपछि सो चिनी फालेर फरार भएका थिए ।

बाराको विश्रामपुरबाट एक लाख रुपैयाँ बराबरको चिनी प्रहरीले बरामद गरेको छ । उज्वलप्रसाद यादवको घरमा राखिएको अवस्थामा २० बोरा चिनी बरामद भएको हो ।

विश्रामपुर वडा नम्बर ३ बडकी मुसहर्वामा यादवको घरबाट ५० किलो चिनीको २० बोरा चिनी बरामद गरेको हो ।

Leave a review

This will close in 0 seconds