छोरीको बिहेको लागि आर्थिक सहयोग

साझेदारी दैनिक
412 पाठक संख्या

छोरीको बिहेको लागि पर्सामा जन सेवा सामाजिक संस्था पर्साले आर्थिक सहयोग गरेको छ ।

जगनाथपुर गाउँपालिका वडा नम्बर ६ का दुई जना अति बिपन्न परिवारका छोरीहरुको बिहेको लागि संस्थाले आर्थिक सहयोग गरेको हो ।

संस्थाले प्रति परिवार छोरीको बिहेमा सहयोगका लागि पाँच हजार नगद उपलव्ध गराएको संस्थाका संयोजक ब्रिजेश्वर चौधरीले जानकारी दिए ।

साथै विवाह हुन लागेको जोडीलाई सुखमय जीवनको कामना समेत संस्थाले गरेको छ ।

Leave a review

This will close in 0 seconds