आगलागी पीडित परिवारलाई राहत वितरण

संदिप प्रसाद यादव
366 पाठक संख्या

बाराको सुवर्ण गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।

बाराको सुवर्ण गाउँपालिका वार्ड नम्बर ६ चौरहियामा शुक्रबार अन्दाजी बिहान ४ः३० बजेको समयमा विधुत सर्ट भई आगलागीबाट क्षति भएका छ वटा घरका परिवारलाई राहत वितरण गरिएको हो ।

आगजनीबाट प्रभावित भएका परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले पीडितको घरमै पुगेर राहत वितरण गरेका हुन् ।

आगो नियन्त्रणमा आए पश्चात् सुवर्ण गाउँपालिकाका अध्यक्ष यादवले स्थलगत सर्वेक्षण गरी गाउँपालिकाबाट अग्नी पीडित परिवारलाई दाल,चामल,नुन,आलु,प्याज,तेल,बिस्कुट,चाउचाउ,त्रिपाल,प्रेसर कुकर,कराही,तसला र कम्बल तथा राहत सामग्री वितरण गरेका छन् ।

नुरमहम्मद मिया,तिबन मिया,जुकुरल्लाह मिया,अलि हुसेन,सुबायत खातुन र समिमा खातुनको घरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ६ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट ६ वटा घरमा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घरसँगै उनीहरुको अन्नबाली,एउटा भैंसी,स्कुटर,तीन वटा साईकल,भाँडाकुँडा,कपडा लगायत अन्य सामानहरु जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

Leave a review