सिमौनगढ : बाराको सिम्रौनगढ नगरपालिका वडा नं.७ मा सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षण अधारित अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
तिन दिन सम्म चल्ने अभिमुखिकरणमा देशभरीका पुरान सम्पदाको संरक्षण र यसमा स्थानीय तहको भूमिकाको विषयमा छलफल भएको थियो ।
सहभागी सबैले उत्खनन् स्थान पलकियामाई क्षेत्रमा पुगेर त्यहाँ उत्खनन भएको वास्तु अवशेष,माटो,खेलौना,पूजा सामग्री,कंगाल,कोईला,काशीदाकारी खपडा लगायतका प्राचिन वस्तुहरुको अवलोकन गरेका थिए ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार,प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल,वरिष्ठ पुरातत्वविद देवेन्द्रनाथ तिवारी प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवँर लगायतको उपस्थिति रहेको छ ।
अभिमूखीकरण कार्यक्रममा समाजवेवी शेख मोतिम,उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहा,सिम्रौनगढ क्षेत्र पर्यटन बिभागका पूर्व अध्यक्ष श्याम किशोर यादव,वडा अध्यक्षहरु,राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पूरातत्व बिभागका रामबहादुर डुबरले स्वागत गरेको कार्यक्रम पुरातत्व बिभागकी मन्जु थापाले सन्चालन गरेकी थिईन् ।

