सूर्य नेपालद्वारा २१ दिने बेकरी तालिम संचालन

साझेदारी दैनिक
387 पाठक संख्या

सूर्य नेपाल प्रालिको आयोजना तथा होटल तथा पर्यटन व्यवसायी संघ बाराको समन्वयमा सिमरामा २१ दिने बेकरी तालिम सुरु भएको छ ।

युवालाई स्वरोजगार बनाउने उदेश्यसहित मंगलबारदेखि सुरु गरिएको हो । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा शुरु भएको उक्त तालिमको एक कार्यक्रमकाबीच जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष लामिछानेले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमबाट लाभ लिन सहभागीलाई आग्रह गरेका थिए । उहाले तालिमबाट प्राप्त सिपले रोजगारीका साथै स्वरोजगार बन्न सकिने लामिछानेको भनाई थियो ।

सूर्य नेपाल प्रालिका व्यवस्थापक सुरेश काजी श्रेष्ठले अध्यक्षतामा भएको तालिम उद्घटन समारोहमा सूर्य नेपालका यज्ञबहादुर आले, रोशन अधिकारी,तालिमका प्रशिक्षक सुभाष न्यौपानेले मन्तब्य राखेका थिए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी,होटल तथा पर्यटन सहकारीका अध्यक्ष प्रलाद उप्रेती,होटल तथा पर्यटन व्यवसायी संघ बाराका सचिव गोविन्द गहतराज,सूर्य नेपाल प्रालिका उमेश थापा लगायत उपस्थित थिए ।

सुर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गतको युवा लक्षित कार्यक्रम अन्तरगत यो तालिम संचालन गरिएको हो । तालिममा जीतपुरसिमराका २५ जना भन्दा बढी सहभागी छन् ।

Leave a review

This will close in 0 seconds