बैशाख २० देखी ‘प्रथम पथलैया भेट्रान्स फूटबल’ हुने

रञ्जन यादव
298 पाठक संख्या

जीतपुर : बाराको पथलैयामा २० गते देखि ‘प्रथम पथलैया भेट्रान्स फूटबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता जेठ २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय मुख्य सहयोगी रहेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार पाउनेछन् ।पथलैयास्थित श्रीकृष्ण मन्दिरको खेल मैदानमा हुने प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहनेछ । आयोजकले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

आयोजक क्लबका अध्यक्ष तोयानाथ खनालका अनुसार प्रतियोगितामा सिमरा भेट्रान्स,एनजेजेभीसी भेट्रान्स,डुमरवाना भेट्रान्स,बकुलिया भेट्रान्स,विकासशील भेट्रान्स,सूर्य निवास भेट्रान्स,युनिक भेट्रान्स,निजगढ भेट्रान्स,बगै भेट्रान्स,वीरगन्ज युथ भेट्रान्स,जिराभवानी भेट्रान्स,कमलडाँडा भेट्रान्स,सिटी भेट्रान्स,आरम्भ भेट्रान्स र आयोजकको सहभागिता रहनेछ ।

Leave a review

This will close in 0 seconds