जिल्ला प्रहरी कार्यालय बाराले ट्राफिक व्यवस्थापनका लागि सञ्चालित विशेष अभियान अन्तर्गत मंगलवार ७९ सवारी साधनलाई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
ट्राफिक नियम विपरित चलाईएका सवारी साधनलाई कारवाही गरी ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।
ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन समेत भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


