अदालतमा परेको मुद्दा खारेज भएपछि बाराको सिमरास्थित बजारमा जीतपुरसिमरा उपमहानगरपालिकाले बनाउने भनिएको सपिङ्ग कम्प्लेक्स बनाउने बाटो खुलेको छ ।
अनाधिकृत संरचना बनाएर बजार कब्जा गर्दै आएका केही स्थानीय व्यवसायीले यस सम्बन्धमा अदालतमा मुद्दा दायर गरेका थिए ।नगर विकास कोषको लगानीमा आधुनिक सपिङ्ग कम्प्लेक्स बनाउन लागिएको छ ।
छ वर्षअघि नै कोरियन कम्पनीले डिपिआर तयार गरिदिएको छ । त्यही डिपीआरलाई सामान्य परिमार्जन गरेर ठेक्का आह्वानको तयारी गरेपनि अनाधिकृत संरचना बाधक बनेको थियो ।
मुद्दा खारेज भएसँगै मेयर पौडेलले उपमहानगरपालिकाको सार्वजनिक सम्पति संरक्षणमा अर्को फड्को मारेको जनाइएको छ । मेयर पौडेलको सचिवालयको फेसबुक पेज मार्फत यो कुरा जनाइएको छ ।
अदालतको पूर्ण पाठ आउँन बाँकी रहेको छ ।सपिङ्ग कम्प्लेक्स बनाउने योजना अघि सारिएको बजार क्षेत्रमा रहेका अवैध संरचना बाधक बन्दै आएको छ ।
जसलाई हटाउन उपमहानगरपालिकाले पटक–पटक सूचना निकाल्दै आएको थियो । संरचना खालि गर्न एक वर्षअघि २९ बैशाख २०८० मा अन्तिम पटक भन्दै सूचना जारी गरेपछि व्यवसायि अदालत पुगेका थिए ।सिमरा बजारको मुद्दा खारेज भएसँगै सपिङ्ग कम्प्लेक्स बनाउन बाटो खुलेको छ ।

