एभेरेष्ट बैंकको तकेताले गर्दा ऋणीले गरे आत्महत्या,कलैया शाखा कार्यालयमा तोडफोडसहित प्रदर्शन

संदिप प्रसाद यादव
475 पाठक संख्या

एभेरेष्ट बैंक लिमिटेडको ताकेताले गर्दा ऋणीले आत्महत्या गरेको भन्दै बाराको कलैया सोमवार प्रर्दशन गरिएको छ ।

दुर्गा प्रसाई नेतृत्वको राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउँ महाअभियानले कलैयामा नाराबाजी गर्दै महिलाहरूले ढुङ्गामुढा,तोडफोड साथै नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीहरुले कलैया–बरियारपुर रोडमा रहेको एभेरेष्ट बैंक लिमिटेड कलैया शाखा कार्यालय अगाडि प्रर्दशन गर्दै शाखा कार्यालयमा ढुङ्गामुढा,तोडफोड समेत गरेका थिए । राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान जिल्ला कार्य समिती बाराले कलैयामा बिरोध प्रर्दशन गरेको हो ।

उक्त प्रदर्शन र ढुङ्गा प्रहारबाट बैंकको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। एभरेष्ट बैंकबाट ऋण लिएका बर्दिया निवासी खुशीराम चौधरीलाई बैंकले गरेको पटकपटकको ताकेता सहन नसकेर २५ गते पासो लगाई आत्महत्या गरेका थिए ।

सोही विरोधमा अभियानले देशभरका विभिन्न शाखामा प्रदर्शन सहित ताल्चा लगाउने योजना रहेको अभियान बाराका उपाध्यक्ष बलिराम पासवानले साझेदारी दैनिकलाई बताएका छन ।

एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंकको चौतर्फी व्याज दर वृद्धि र टचरको कारण जिल्लामा रहेका ऋणीले उक्त प्रदर्शन गरेको पासवानले बताए ।

अभियानका जिल्ला अध्यक्ष धिरज प्रसाद केशरीले मृतक ऋणीलाई उचित न्यायसहित क्षतिपूर्ति,उनको बालबालिकाको पालनपोषणको जिम्मा भएन भने देशभरका एभेरेष्ट बैंकको शाखामा तालाबन्दी गर्ने चेतावनी दिएका छन । अध्यक्ष केशरीकै नेतृत्वमा गएका प्रदर्शनकारीले शाखा प्रमुखको पुतला जलाउन खोज्दा प्रहरीले जलाउन दिएको थिएन ।

प्रदर्शनकारीले लघुवित्त संस्था खारिज गर,२० लाखसम्मको ऋण मिनाहा गर,जग्गाजमिन,घरारी लिलाम गर्न पाईदैन,लिलाम गरेको जग्गा फिर्ता गर,हाम्रो बचत फिर्ता गर,२० लाख देखिको ऋिणीलाई ७% ब्याज दर कायम गर,८% भन्दा बढी लिएको ब्याज फिर्ता गर लगायतका नाराबाजी लगाउदै कलैया नगर परिक्रमा गरेका थिए ।

Leave a review

This will close in 0 seconds