दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
273 पाठक संख्या

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ज्यान मार्ने उधोग मुद्दामा अदालतबाट १० हजार रुपैया जरिवाना र ३ महिना १४ दिन कैद सजाय पाएका जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुर बस्ने अन्दाजी २४ वर्षीय दिपेश अधिकारीलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले कुटपिट मुद्दामा महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी जब्दी बस्ने अन्दाजी ४५ वर्षीय सिताराम प्रसाद यादवलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review