बाराको १६ वटै पालिकाबाट अर्वाैको बजेट प्रस्तुत

संदिप प्रसाद यादव
508 पाठक संख्या

नेपालको संविधान असार १० गते भित्र सबै पालिकाले नीति तथा बजेट पेश गरिसक्नु पर्ने प्रावधान अनुसार बाराका सबै पालिकामा यस्को अभ्यास भएको छ ।

जस अनुसार कलैया उपमहानगरपालिका १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कोल्हवी नगरपालिका ६८ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

आदर्श कोतवाल गाउँपालिका ४५ करोड ५२ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बारागढी गाउँपालिका ३९ करोड ३९ लाख ७३ हजार
रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

फेटा गाउँपालिकाले ४१ करोड २१ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । परवानीपुर गाउँपालिकाले ३४ करोड ५७ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रसौनी गाउँपालिकाले ४७ करोड ५ लाखको बजेट प्रस्तुत गरेको हो । पचरौता नगरपालिकाले ६१ करोड ४३ लाख ५ सय एक रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

सिम्रौनगढ नगरपालिकाले ६४ करोड ७२ लाख ३६ हजार रुपैँयाको बजेट प्रस्तुत गरेको छ । करैयामाई गाउँपालिकाले १३ करोड ४६ लाख ७० हजार ३ सयको बजेट प्रस्तुत गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नगर प्रमुख राजन पौडेलले तोडफोडको सामना गर्दै नीति,कार्यक्रम तथा बजेट पारित गरेका छन् । २ अर्ब १० करोड ५० लाखको बजेट पारित गरिएको हो ।

देवताल गाउँपालिकाले ३४ करोड ७३ लाख ४४ हजार ७ सय ४८ रुपैयाँको बजेट प्रस्तुत गरेको हो । विश्रामपुर गाउँपालिकाले ३१ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।

निजगढ नगरपालिकाले नब्बे करोड एक लाख तथा सुर्वण गाउँपालिकाले ३९ करोड १ लाख १७ हजारको बजेट प्रस्तुत गरेको हो । महागढीमाई नगरपालिका ७७ करोड ५४ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

TAGGED:
Leave a review

This will close in 0 seconds