पुस्तकालय तथा सूचना व्यवस्थापन सम्बन्धी भयो तालिम

साझेदारी दैनिक
302 पाठक संख्या

नवराज चौलागाईं/

श्री गौरीशंकर माध्यमिक बिद्यालय निजगढ सहिद चोकमा पुस्तकालय तथा सूचना व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम बिहीबार सम्पन्न भएको छ ।

केसर पुस्तकालय काठमाण्डौंको आयोजनामा श्री गौरीशंकर माध्यमिक बिद्यालयको समन्वयमा पुस्तकालय तथा सुचना व्यवस्थापन सम्बन्धी तालिम भएको हो ।

तालिममा निजगढ नगरपालिका भित्रका १ दर्जन भन्दा बढी सामुदायिक र संस्थागत बिद्यालयका शिक्षक,कर्मचारी र प्रतिनिधिहरूको सहभागिता रहेकोथियो ।

तालिममा केसर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । बिद्यालय स्तरमा संचालन हुने पुस्तकालय व्यवस्थापनमा सहजता ल्याउन सकियोस भन्ने उद्देश्यले सो तालिम भएको हो ।

बिद्यालयले केसर पुस्तकालयसङ्ग समन्वय गरेर तालिमको आयोजना गरिएको श्री गौरीशंकर माध्यमिक बिद्यालय निजगढ का प्रधानाध्यापक बद्री नारायण झाले बताए ।

प्रशिक्षणको क्रममा प्रशिक्षक सुरेशकुमार यादवले सहभागीहरुलाई पुस्तकालय व्यवस्थापनमा बैज्ञानिक प्रयोगको तरिका बारे प्रयोगात्मक अभ्यास गराएका थिए ।

गत असार ९ गतेदेखि संचालित तालिमको बिहीवार समापन गर्नुहुदै श्री गौरीशंकर माध्यमिक बिद्यालय निजगढ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बर्तौलाले तालिम मार्फत प्राप्त ज्ञानलाई बिद्यालयमा प्रयोग गर्न आग्रह गरेका थिए ।

बिद्यालयको शैक्षिक गुणस्तरलाई थप बलियो बनाउने तर्फ तालिममा सहभागी बिद्यालयका शिक्षक,कर्मचारी र प्रतिनिधिहरु लाग्नुपर्ने बताए ।

समापन कार्यक्रमको सहजीकरण श्री गौरीशंकर माध्यमिक बिद्यालय निजगढका प्रशासन प्रमुख रुद्र प्रसाद धितालले गरेका थिए । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a review