एक लाख ५ हजार बराबरको अबैध मोबाईलको डिसप्ले बरामद

संदिप प्रसाद यादव
382 पाठक संख्या

बारा प्रहरीले अबैध मोबाईलको डिसप्ले बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोक स्थित वीरगंजबाट नारायणगढ तर्फ जादै गरेको बा.प्र.०३–००१ ज ३२० नम्बरको ई–माईक्रोलाई रोकी चेक जाँच गर्दा उक्त अबैध मोबाईलको डिसप्ले बरामद गरेको हो ।

सामानको बिल भरपाई नभएको अन्दाजी मुल्य रू.१ लाख ५ हजार रूपैया बराबरको ७० पिस मोबाईलको डिसप्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त सामानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review