त्रिशूलीमा बेपत्ता भएको एन्जल बसकी यात्रु बाराकी सृष्टी यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।
घटनाको आठौं दिनसम्म शव नभेटेपछि कलैया उपमहानगरपालिका १४ जितपुटोलकी सृष्टीको परिवारले कुशको शव बनाएर शुक्रबार पसाहा खोलामा दाहसंस्कार गरेका हुन् ।
शव फेला नपरेपछि कुनको शव बनाई हिन्दु विधिअनुसार अन्तिम संस्कार गरिएको हो । उनि चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली बेपत्ता भएको थियो ।
उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २४ जनाको शव फेला परिसकेको छ ३८ जनाको अवस्था अज्ञात छ ।
उक्त घटनामा बाराका ५ जना यात्रु परेका थिए । सृष्टीसंगै प्रसौनी गाउँपालिकाका २ का ताराचन्द कुर्मी,उनकी पत्नी कुसुवदेवी,बिश्रामपुर ३ का प्रमानन्द पंडित र देवताल गाउँपालिका ३ का अरबिन्द पण्डित बसमा यात्रा गरिरहेका थिए ।
शव फेला पर्ने स्थिती नदेखेपछि कुर्मीको परिवारले यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।
सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिईन् । उनि जापान जानको लागि परीक्षा दिन काठमाडौं गइरहेकी थिइन् ।


