बाराको गढीमाई साझेदारी बनको दिगो बन ब्यवस्थापन कार्ययोजनाको लागि आवश्यक पर्ने प्रारम्भिक बाताबरणीय परिक्षण (आई.ई.ई.) प्रतिबेदनको सार्बजनिक सुनुवाई कार्यक्रम पथलैयामा सम्पन्न भएको छ ।
साझेदारी बनको सभा हलमा भएकोे कार्यक्रममा सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो । सार्बजनिक सुनुवाईबाट प्रस्ताबित योजनाहरु लगु भएमा सामाजिक,आर्थिक र बाताबरणीय हिसाबले सकरात्मक प्रभाव पर्ने,बन ब्यवस्थापन भई उपभोक्ता समुहको आवश्यक्ता पुरा हुने प्रशस्त रोजगारी सृजना हुने,बन पैदवार आपुर्ति हुने साथै बनको हैसियतले सुधार हुो,निर्णय सर्बसम्मत रुपमा भएको छ ।
कार्यक्रममा गढीमाई साझेदारी बन उपभोक्ता समुह पथलैयाका सदस्य सचिव तथा बन अधिकृत ललन राउतले गढीमाई साझेदारी बन ब्यवस्थापन कार्य योजनाको सारांश प्रस्तुत गर्नुभएको थिया । गढीमाई साझेदारी बनका अध्यक्ष रामएकबाल साह तेलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बन अधिकृत राउतले गरेका थिए ।
कार्यक्रममा प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोद जैसवाल,बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फाकर अलि भुट्टो,जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिनिधि वडा अध्यक्ष शिवशंकर महत्तो लगायत सुरक्षा निकाय र सरोकारवालाहरुको उपस्थित रहेको थियो ।


