मेला हेरेर फर्कने क्रममा टयाक्टर पल्टिदा चालकको मृत्यु

साझेदारी दैनिक
374 पाठक संख्या

पर्सा भाटा बाबाको मेला हेरेर फर्कने क्रममा टयाक्टर दुर्घटना हुदा पर्सामा चालकको ज्यान गएको छ ।

टयाक्टर दुर्घटनामा परेर टयाक्टरका चालक छिपहरमाई गाउँपालिकाको टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मेलाबाट फर्कने क्रममा जगरनाथपुर गाउँपालिकास्थित नहरमा आईतबार प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनमा परि चालकको मृत्यु भएको पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।

Leave a review

This will close in 0 seconds